• REMITTANCE

Saving Mobilization


The cooperative accepts deposit from its members as personal saving.

परिचय
सहकारीको माध्यमबाट निम्न आय भएका सदस्यहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुदृढ गरी सबै वर्गसँग हातेमालो गरी अगाडी बढौं भन्ने उद्देश्यका साथ यस गौतमबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चुच्चेपाटी, चावहिल, काठमाडौंमा स्थापना भएको हो । यस संस्थाले निम्न आय भएका सदस्यहरुलाई शीपमुलक तालिम तथा आय आर्जनका साथै अन्य बहुउद्देश्यीय कार्यक्रमहरुमा सरिक गराउनुका साथै सरल र सुलभ तरिकाले कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक स्थितिमा सकारात्मक सुधारको वातावरण निर्माणमा जोड दिइने छ । यस संस्था आफ्नो उद्देश्य अनुरुप अस्पताल, उद्योगधन्दा, यातायात, आवास निर्माण, सुपरमार्केट, कृषि विकास तथा अन्य क्षेत्रहरुमा आवद्ध यसका सदस्यहरुलाई कर्जा प्रवाह गर्ने योजना बनाई स्थापना भएको हो । निष्क्रिय रुपमा छरिएर रहेको स–साना पूँजीलाई एकिकृत गरि शीपमुलक, उत्पादनमुलक, आयमुलक र रोजगारमुलक कार्यमा लगानी गरि सदस्यहरुको सपना र चाहनालाई साकार रुप दिन वित्तीय क्षेत्रका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गरेका अनुभवी व्यक्तिहरुको लगानीमा यस संस्था संचालनमा ल्याएको हो । अनुभवी व्यक्तिहरुको चुस्त व्यवस्थापनमा इमान्दार, परिश्रमी तथा कर्तव्यनिष्ठ कर्मचारीहरुको संलग्नतामा दोहोरो श्रेष्ता प्रणाली (Double Entry System) विधि अपनाई अत्याधुनिक कम्प्युटर लेखा प्रणाली (Software System) बाट आफ्ना ग्राहक तथा सदस्य महानुभावहरुलाई छिटो, छरितो, भरपर्दो र विश्वासनिय सेवा दिने व्यवस्था मिलाईएको छ

शेयर पूँजी (Share Capital)
यस संस्थाको अधिकृत पूँजी २ करोड रहेको छ र संस्थाले आवश्यक्ता अनुसार यसलाई चुक्ता पूँजीमा परिवर्तन गर्दै लैजाने छ ।

व्यवस्थापन समूह (Management Team)
लामो समयदेखि बैंक तथा  सहकारी क्षेत्रमा कार्य गरिरहेका दक्ष तथा अनुभवी व्यक्तिहरुको समुहबाट यस संस्थाको व्यवस्थापन गरिएको हो ।

निक्षेप (Deposit)
यस संस्थाले यसको मुख्य कार्यालयबाट वा संस्थाका कर्मचारीहरु मार्फत सदस्यहरुको घर, पसल, अफिस तथा अन्य पायक पर्ने स्थानबाट निम्न किसिमका निक्षेप संकलन गरी सो निक्षेपमा आकर्षक एवं उपयुक्त ब्याज प्रदान गर्दछ ।

मुद्धती बचत  (Fixed Deposit)
यस योजना अन्तर्गत देहाय बमोजिमको ब्याजदर प्रदान गरिने छ ।
३ महिना      ८%
६ महिना      (१४–१५) %
१२ महिना     (१६–१७) %
५ वर्ष         दोब्बर भुक्तानी –अधिकतम् रु. १०,००,०००/– सम्म मात्र यो योजनामा लिईनेछ ।

 साधारण बचत (General Saving)
यस योजना अन्तर्गत रु. ५००/– बाट खाता खोली रकम जम्मा गर्न सकिनेछ । यस खातामा न्यूनतम मौज्दात रु. ५००/– भन्दा माथिको बचत रकम जुनसुकै बेला झिक्न सकिनेछ । यस खातामा दैनिक मौज्दातमा ८% ब्याज प्रदान गरिनेछ ।

 गौतमबुद्ध बचत (Gautam Buddha Saving)
यस योजना अन्तर्गत रु. २०,०००/– बाट खाता खोली न्यूनतम मौज्दात रु. २०,०००/– भन्दा माथिको बचत रकम जुनसुकै बेला झिक्न सकिनेछ र दैनिक मौज्दातमा १२% ब्याज प्रदान गरिनेछ ।

अवधि बचत (Recurring Saving)
यस योजना अन्तर्गत रु. ५०/– भन्दा माथि जतिसुकै रकम दैनिक रुपमा जम्मा गर्न सकिने छ । यस खातामा निम्न अनुसारको ब्याज प्रदान गरिनेछ ।

अवधि

ब्याजदर

३ महिना

८%

६ महिना

१३%

१२ महिना

१४%

 बाल सुरक्षा बचत (Child Security Saving)
यस बचत खातामा मासिक रुपमा न्यूनतम रकम रु. १,५००/– जम्मा गर्नु पर्नेछ र निःशुल्क खाता खोल्न सकिनेछ । यस बचतमा वार्षिक १२% का दरले ब्याज प्रदान गरिनेछ । यसको अवधि १ वर्षको हुनेछ । अवधि अगाडी बचत रकम झिक्न पाइने छैन । बच्चाको जन्म दिनमा रु. १०००/– बराबरको केक उपहार प्रदान गरिनेछ ।

नारी उद्यमशील बचत (Nari Uddhamshil Saving)
नारीहरुको सजिलोको लागि नारी उद्यमशिल बचत खाताको व्यवस्था गरिएको छ । यस बचत खातामा मासिक रुपमा न्यूनतम रकम रु. २,०००/– जम्मा गर्नु पर्नेछ । यस बचतमा वार्षिक १२% का दरले ब्याज प्रदान गरिनेछ । यसको अवधि १ वर्षको हुनेछ । यस खाताबाट उद्यमी नारीहरुलाई सरल ब्याजदरमा कर्जा प्रदान गरिनेछ । निःशुल्क खाता खोल्न सकिनेछ ।

जेष्ठ पेन्सन बचत (Elderly Pension Saving)
वृद्ध अवस्थाको सुरक्षाका लागि अहिले देखि नै बचत गरी भविष्यमा आई पर्ने विभिन्न किसिमका समस्या समाधानमा टेवा पुगोस् भन्ने हेतुले जेष्ठ पेन्सन बचत खाताको व्यवस्था गरिएको छ । यस खातामा न्यूनतम रु. २५००/– मासिक रुपमा जम्मा गर्नु पर्नेछ । यस बचतमा वार्षिक १२% का दरले ब्याज प्रदान गरिने छ । यसको अवधि १ वर्षको हुनेछ । निःशुल्क खाता खोल्न सकिनेछ ।

 क्रमिक बचत (Recurring Saving)
३ महिना          ८%
६ महिना          १०%
१२ महिना        १२%